साउन महिनाको पहिलो दिनमै घट्यो सुनको मूल्य

धनगढी, साउन १ । सुनको मूल्य आज साउन महिनाको पहिलो दिनमै तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ९२ हजार सात सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य आज घटेपनि चाँदीको मूल्य भने स्थीर रहँदै प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१ साउन २०७७, बिहीवार ०५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु