सुनको मूल्य घट्दा चाँदीको स्थिर, यस्तो छ आजको बजार भाउ
बिहिबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । आज सुनका मूल्य प्रतितोला १ सय रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१४ वैशाख २०८०, बिहीवार १२:३३ बजे प्रकाशित































