punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जिल्ला प्रशासनले सार्वजनिक बिदाको दिन पनि सेवा दिने

Chaupati
safha napa

बैतडी जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। प्रशासन कार्यालयले शनिबारबाहेकको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ।

नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा छ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा छिटोछरितो सेवा प्रदान गर्न भन्दै ‘टाइम कार्ड’ लागू भएको छ । प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो ।

सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीका बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परीक्षण हाललाई पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलोपटक विद्युतीय टोकन प्रणाली शुरु गरिएको छ। सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर विद्युतीय टोकन प्रणाली शुरु गरिएको हो।

प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज रूपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य शुरु भएको जनाएको छ।


१४ वैशाख २०८०, बिहीवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु