punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

Chaupati
safha napa

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।

आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ।

जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४।१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो।

बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्।

सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए।

बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन्।

यहाँ प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवालीले २ हजार ७३८ मतमात्रै पाएका छन्। आयोगको प्रावधानअनुसार उनको पनि जमानत जफत भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादवको पनि जमानत जफत भएको छ।

त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ।


१३ वैशाख २०८०, बुधवार ०९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु