आईपीएल : मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा
Rashid Khan of Gujarat Titans celebrates the wicket of Ishan Kishan of Mumbai Indians during match 35 of the Tata Indian Premier League between the Gujarat Titans and the Mumbai Indians held at the Narendra Modi Stadium in Ahmedabad on the 25th April 2023
Photo by: Faheem Hussain/ SPORTZPICS for IPL
मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो स्थानमा पुगेको छ ।
अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले हराएको हो। गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो ।
मुम्बईका लागि निहाल वाधिराले सर्वाधिक ४० र क्यामरुन ग्रीनले ३३ रन बनाए । गुजरातका लागि नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २र२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो । गुजरातका लागि ओपनर शुभमन गिलले ५६ र डेबिड मिलरले ४६ रन बनाए ।
बलिङतर्फ मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ,अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १/१ विकेट लिए ।
साबिक विजेता गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा उक्लिएको छ । गुजरात ७ खेलमा १० अंकसहित दोस्रो र समान खेलमा मुम्बइ ६ अंकका साथ सातौं स्थानमा छ ।
१३ वैशाख २०८०, बुधवार ०७:४७ बजे प्रकाशित































