punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा साढे १२ हजार मत गन्दा रास्वपालाई साढे ६ हजार

Chaupati
safha napa

चितवन क्षेत्र नम्बर २मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले आफ्ना प्रतिस्पर्धीहरूसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

१२ हजार ५८६ मतगणना हुँदा उनले ६ हजार ५६८ मत पाएका छन्।

उनका प्रतिस्पर्धीहरू नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८६१ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार ६८८ मत पाएका छन‍्। अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको हो।

यसअघि त्यहाँ इच्छाकामना गाउँपालिकाको मतगणना भएको थियो। जहाँ रवि लामिछानेले अग्रता लिएका हुन्।

गत मंसिरमा भएको चुनावमा इच्छाकामनामा रवि लामिछाने तेस्रो भएका थिए। तर यसपालि यहाँ पहिलो भएका हुन्।


११ वैशाख २०८०, सोमवार २१:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु