मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु
धनगढी, असार ३० । कञ्चनपुरको कष्णपुरमा मोटरसाइकल दुर्घटनामा परेर सशस्त्र प्रहरीमा कार्यरत एक महिलाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान २४ वर्षीया तारा बोहराको मृत्यु भएको हो ।
मोटरसाइकल उनकै श्रीमान प्रहरी जवान चन्द्रबहादुर बोहराले चलाइरहेका थिए । उनलाई सामान्य चोटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शव महाकाली अस्पतालमा राखिएको छ।
३० असार २०७७, मंगलवार ०३:२४ बजे प्रकाशित































