punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैंकको शाखा अधिकृत भन्दै १० लाख ठगी गर्ने दुई जना पक्राउ

Chaupati
safha napa

धनगढी, असार ३० । बैंकको शाखा अधिकृत भन्दै १० लाख ठगी गरेको आरोपमा कैलालीमा दुई जनालाई पक्राउ परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का ३२ वर्षिय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको प्रहरीले जर्नाको छ । उनीहरुले कैलालीको टीकापुर नगरपालिकाकी ४४ बर्षीया महिलालाई आफूहरु नेपाल बैंक लिमिटेडको अधिकृत भएको भन्दै १० लाख ठगेको आरोप लागेको छ।

१० लाख दिएमा साढे तीन करोडको लोन पास गरिदिन्छु भन्दै दुवै जनाले महिलालाई ठगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

उनीहरुको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आई.एम.ई.का भौचरसमेत बरामद गरिएको कैलाली प्रहरी प्रवक्ता बिष्टले बताए। उनीहरुमाथि ठगी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।


३० असार २०७७, मंगलवार ०३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु