punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लेखराजलाई भेटेर बाहिरिँदै गर्दा प्रचण्डले भने- यो घर मेरो पनि हो, ४० वर्ष लामो सम्बन्ध छ

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगे ।

भट्टको घरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो ४० बर्ष लामो सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन ।’

पूर्वमाओवादी धारका नेता भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत छन् । नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए । भट्टले पनि प्रचण्डसँग आफ्नो पारिवारिक सम्बन्ध भएको बताए ।

 


२६ चैत २०७९, आइतवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु