punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरमै आएर प्रचण्डले भेटेपछि लेखराजलाई प्रश्न- पुरानै घरमा फर्किन लाग्नुभएको हो ?

Chaupati
safha napa

नेकपा एमालेको सचिव लेखराज भट्टले अहिले माओवादीमै फर्किने कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएका हुन्।

पूर्व माओवादी नेता समेत रहेका भट्टलाई प्रचण्डसँग भेटेपछि तपाईँलाई पनि पुरानै घरमा फर्काउने चर्चा पनि छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पुरानै घरमा फर्किने फर्काउने अलग विषयवस्तु हो। त्यो विषयमा कुनै छलफल नै भएन। अहिले त्यो सम्भावना पनि छैन।’

भेटवार्ताको क्रममा राष्ट्रिय राजनीतिको विषयमा सामान्य छलफल भएको बताए। प्रधानमन्त्री प्रचण्ड आफ्नो घरमा आउनु स्वभाविक भएको तर्क गरे।

उनले भने, ‘उहाँ यता आउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो। बैनीलाई कस्तो छ। सन्चो बिसन्चो चिया खाएर जान्छु भन्नुभयो। उहाँको पनि घर हो मैले स्वागत गरेको हो।’


२६ चैत २०७९, आइतवार १२:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु