punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलामा कति घट्यो?

Chaupati
safha napa

 सुन चाँदीको मूल्य सोमवार केही घटेको छ। बढ्न थालेको मूल्यमा ब्रेक लाग्दै सुन तोलामा ६ सय र चाँदी तोलामा २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन ६ सय घट्दा प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। सोमवार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँ भएको छ। तोलामा १० रुपैयाँले बढ्दा आइतवार भाउ १४ सय १० रुपैयाँ पुगेको थियो।

पछिल्लो समय सुनको मूल्यमा उतारचढाव भइरहँदा बजारमा कारोबारमा मन्दी रहेको महासंघले जनाएको छ। सुनको स्टक पर्याप्त भए पनि बजारमूल्य वृद्धिका कारण माग घट्दो छ।

अन्तर्राष्ट्रिय बजारमा सोमवार सुनको मूल्य घट्दै प्रतिऔंस १९५२.१८ डलरमा आइपुगेको छ। आइतवार १९६९.४६ डलरले कारोबार भएको थियो। चाँदी पनि प्रतिऔंस २४.१ डलरबाट घटेर सोमवार २३.६३ डलरमा कारोबार भइरहेको छ।


२० चैत २०७९, सोमवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु