punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका चार युवक भारतीय एसएसबीबाट निर्घात कुटिए

Chaupati
safha napa

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको छ । एसएसबीले कञ्चनपुरका चार नेपाली युवकमाथि कुटपिट गरेको हो ।

उत्तराखण्डस्थित वनबासा पुलवारि रहेका एसएसबीले गएराति भीमदत्त नगरपालिका– १० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त– ५ का रतन ठगुराठी र गोविन्दप्रसाद जैसी ९डब्लु०लाई कुटपिट गरेका हुन् । राति आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरूलाई एसएसबीले अमानवीय ढंगबाट कुटपिट गरेको हो ।

एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन वनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए । ‘भारतबाट नेपाल आफन्त आउन लागेका थिए,’ उनले भने, ‘उनीहरूलाई ल्याउन म त्यहाँ जाँदै थिएँ, एसएसबी क्याम्पभन्दा ३०–४० मिटर वर नै रोकेर ब्यारेल बन्द भयो, जान पाइँदैन भनेर रोक्यो, जाने नै भए उता सा’बलाई सोधेर आऊ भन्यो । सोध्न जाँदै थिएँ लाठी र पैनाले कुटपिट गरे।’

कार्कीले आफूसँगै रहेका अन्य तीन नेपालीलाई पनि एसएसबीले कुटपिट गरेको, तर उनीहरूलाई आफूले नचिनेको बताए ।

छिमेकी मुलुकका सीमा सुरक्षा बलबाट नेपाली नागरिकमाथि निर्घात कुटपिट हुनु मानव अधिकारको समेत उल्लंघन भएको स्थानीय युवाले भर्त्सना गरेका छन् । स्थानीय युवा भूपेन्द्रसिंह क्षेत्रीले एसएसबीबाट विनाकारण नेपाली नागरिकमाथि मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय भएको बताए । ‘कुटपिट गर्नेमाथि कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यो सरासर छिमेकी मुलुकका एसएसबीको नेपालीमाथि हेपाहा प्रवृत्ति हो ।’

स्थानीय सशस्त्र प्रहरीका अधिकारीले घटनालगत्तै एसएसबीसँग जानकारी लिएको र एसएसबीबाट अबउप्रान्त यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता आएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकाश डाँगीले यस विषयमा थप बुझ्ने बताए । ‘यो घटना नेपाली भूमिमा घटेको होइन,’ उनले भने, ‘घटनाबारे सरोकारवाला दुवै पक्षसँग बुझेर सहजीकरण गर्छौँ।’


२० चैत २०७९, सोमवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु