punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

Chaupati
safha napa

नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।


१३ चैत २०७९, सोमवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु