punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसपीएको विद्यार्थी परिषद्मा अनेरास्ववियुको प्यानलनै सर्वसम्मत, अध्यक्षमा धिमाल

Chaupati
safha napa

कैलाली । धनगढीको सुुदूरपश्चिमाञ्चल कलेज एसपीए को विद्यार्थी परिषद्को अध्यक्षमा अनेरास्ववियुका निशिव धिमाल सर्वसम्मत चयन भएका छन् । आज भएको निर्वाचनबाट धिमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा शुलभ थापा र गीता जोशी, सचिवमा अरुन महरा, कोषाध्यक्षमा धिरेन्द्र नाथ योगी, सहसचिवमा सविनकुमार बोहरा पनि सर्वसम्मत भएका छन् । सदस्यहरूमा अर्जुन चदारा, सुरेन्द्रप्रसाद जोशी र आँचल उपाध्याय चयन भएका छन् ।

परिषद्को पदाधिकारी र सदस्यमा सर्वसम्मत चयन भएका सबै विद्यार्थी नेकपा एमाले सम्बद्ध अनेरास्ववियु निकट हुन् । एसपीए कलेजमा नेवि सङ्घले तालाबन्दी गरेको थियो ।

नेवि सङ्घको तालाबन्दीकै बिच विद्यार्थी परिषद्को निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउँदै कार्य समिति चयन गरेको हो ।
अनेरास्ववियुका स्थायी कमिटी सदस्य रोहित बमले देशै भरी अनेरास्ववियुको माहौल देखेर यहाँ अन्य विद्यार्थी सङ्गठनले उम्मेदवारी दिनबाट पछि हटेको बताए ।


१० चैत २०७९, शुक्रवार १४:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु