punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुर बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घास काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।

पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसँग घास काट्नका लागि नेशनल पार्क गएकी थिइन्।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

अहिले भारतीय सुरक्षाकर्मीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सवडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थलमा पुगेका छन्।


१० चैत २०७९, शुक्रवार १३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु