punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मौसम पूर्वानुमान : आगामी तीन दिन देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

Chaupati
safha napa

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागमा भने छिटफुट वर्षा हुनेछ ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

शुक्रबार भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबार पनि जारी रहने महाशाखाले जनाएको छ ।


९ चैत २०७९, बिहीवार ०६:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु