बच्चन परिवारमा अभिषेकसहित थप ३ जनामा कोरोना संक्रमण
२८ असार , काठमाडौँ। बलिउड अभिनेता अभिषेक बच्चन अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
गए राती अमिताभ बच्चनलाई कोरोना पोजिटिभ भएको पुष्टि भएको थिथो । भारतीय संचार माध्यमहरुका अनुसार अभिषेक बच्चन उनकी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारीे छ ।
यति बेला भरातका आम सर्वसाधारणले बच्चन परिवार प्रति चिन्ता प्रकट गरेका छन् भने संसारभरीका उनीहरुका फ्यानहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
२८ असार २०७७, आइतवार १०:२३ बजे प्रकाशित































