punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका ९ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

Chaupati
safha napa

त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनाव हुँदै छ। त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ।
आज कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । आज ऐश्वर्य बहुमुखी क्याम्पस , चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस , बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस लम्किचुहा बहुमुखी क्याम्पस , मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पस निर्वाचन हुन लागेको कैलाली जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य किशोर शाहले जानकारी दिए ।

आज देशभरका ६० आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदै छ। बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

निर्वाचनका लागि शुक्रवारदेखि नै मौन अवधि समेत सुरु भएको थियो। मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएको छ।

स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुँदै छन्। उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने भएका छन्।

क्याम्पसहरूमा २०० विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २०१ देखि १ हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र ३ हजार १ देखि ५ हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ।

केही क्याम्पसहरूमा भने विवादका कारण स्ववियु निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको छैन। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने विद्युतीय मतदानको व्यवस्था गरिएको छ।


५ चैत २०७९, आइतवार ०६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु