punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने

Chaupati
safha napa

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा आज अदालतमा हाजिर हुने भएका छन्। यस मुद्दामा उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो।

त्यसपछि उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भनिएको थियो।

मुद्दाको सुनुवाइ गर्ने ठाउँ पनि परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको सत्र अदालतको सट्टा न्यायिक कम्प्लेक्समा हुने बताइएको छ।

तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखले आफ्नो सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेका थिए। यसैलाई उद्धृत गर्दै उनले अदालतमा उपस्थित हुन नसक्ने बताए। यसैलाई मध्यनजर गर्दै सुनुवाइको स्थान परिवर्तन गरिएको हो।

अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ। बीबीसी


४ चैत २०७९, शनिवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु