punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तेक्वान्दो संघको प्रथम वार्षिक साधारणसभा धनगढीमा सम्पन्न

Chaupati
safha napa

सुदूरपश्चिम तेक्वान्दो संघको प्रथम वार्षिक साधारणसभा बिहीबार धनगढीमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा संघका केन्द्रीय महासचिव दीपराज गुरुङ, सुदूरपश्चिम अध्यक्ष सुवाश शाही, प्रदेशप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै परिषद्का सदस्यसचिव सिंहले तेक्वान्दो खेलको विकासका लागि परिषद् सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै केन्द्रीय महासचिव गुरुङले साधारणसभाले संघ चलायमान बनाउँन मद्दत पुग्ने बताउँदै आगामी दिनमा थप कार्यक्रमहरु गर्दै जान सुझाव दिए ।

साधारणसभामा बोल्दै अध्यक्ष शाहीले खेलको विकासका लागि सबैजना एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । सुदूरपश्चिम खेलकुद परिषद्ले साथ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा तेक्वान्दो संघले अन्तर्राष्ट्रिय इभेन्ट गर्ने जनाए ।

 


३ चैत २०७९, शुक्रवार ०६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु