punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकारलाई मुख्यमन्त्री कार्यालय कुराएर मुख्यमन्त्री नै नआएपछि …

Chaupati
safha napa

कैलाली ।
पत्रकार सम्मेलन भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ४ बजे पत्रकारहरूलाई बोलाइएको थियो । अधिकांश पत्रकार निर्धारित समयमा पुगे । तर, समयमा पत्रकार सम्मेलन सुरु हुने त परैको पुरा भयो पुगेका करिब दुई दर्जन बढि पत्रकारलाई ३० मिनेट बढि कुराएर मुख्यमन्त्री अहिले नआउने जानकारी दिइयो ।
‘मुख्यमन्त्री कार्यालयका मन्त्रिपरिषद् बैठक बस्ने र त्यसपछि मात्रै पत्रकार सम्मेलन गर्ने’ भन्ने सूचना पत्रकार महासङ्घ केन्द्रीय सदस्य भरत शाहले सुनाए ।
मुख्यमन्त्रीको पत्रकार सम्मेलन भन्दै मुख्यमन्त्री कार्यालयमा पत्रकारहरूलाई बोलाएर मुख्यमन्त्री नै नआएपछि पुगेका पत्रकारहरू रुष्ट भएका थिए ।
पत्रकार फर्किँदै गर्दा पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशी पुगेका थिए । उनले यसरी पत्रकारलाई विना सन्दर्भ बोलाएको भन्दै मुख्यमन्त्रीका सचिवालयका कर्मचारीलाई डाँटे ।
मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्को बैठक बस्न ढिलो भएका कारण निर्धारित समयमै पत्रकारसँग भेटघाट गर्न नसकिएको दाबी गरेको छ ।


१ चैत २०७९, बुधवार १७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु