कैलाली जिल्ला कराँते सङ्घ गठन , अध्यक्षमा खत्री
धनगढी, १ चैत्र । कैलाली जिल्ला कतारे सङ्घको अध्यक्षमा ललित खत्री चयन भएका छन् । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका खत्रीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा वालकुमार महतो र लाल बहादुर राना, सचिवमा तेज नागरी र कोषाध्यक्षमा वर्षा साउँद चयन भएका छन् ।
त्यस्तै सदस्यमा बवरजगं शाही, आशाराम चौधरी, खुसीराम चौधरी, अशोक चौधरी, माला कार्की, रमेश थापा मगर, कमल श्रेष्ठ, राजेश चौधरी, रमेश चौधरी, रमेश साउद, टेकराज सोडारी चयन भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधिमा गजेन्द्र साउद, मकेन्द्र बहादुर सिह, त्रैलोक्यनाथ पाण्डे, उमा महतोलाई चयन गरेको हो ।
अध्यक्षमा चयन भएपछि खत्रीले खेलाडीको क्षमता विकास र खेलाडीको हकहितमा काम गर्ने बताए ।
१ चैत २०७९, बुधवार १८:०२ बजे प्रकाशित































