तस्बिरमा हेर्नुहोस् ग्रामीण बस्तीमा ‘मिसन ग्रासरुट’
नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अहिले सातै प्रदेशमा एकै साथ चलिरहेको छ । पार्टी बलियो बनाउने उद्देश्यले सुरु गरिएको ‘मिसन ग्रासरुट’ कैलालीका १३ वटै पालिकामा पनि भइरहेको छ ।
अहिले केन्द्र देखी जिल्ला र पालिका सम्मका प्रतिनिधिहरू अहिले आफ्नो क्षेत्रमा खटिएका छन् ।
यसैबिच आज नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरु पाल कैलालीका दुई पालिकामा मिसन ग्रासरुट अन्तर्गत पुगेकी थिइन् ।
भजनि वडा नम्बर ८ र जोशीपुर वार्ड नं ७ को विस्तारित बैठकमा पालले ‘मिसन ग्रासरुट सफल बनाउन सबैलाई अपिल गरेकी हुन् ।
उनले पार्टी बलियो बनाउन सबै आ९आफ्नो क्षेत्रबाट लाग्नु पर्ने समेत बताएकी थिइन् ।








२९ फागुन २०७९, सोमवार २१:२८ बजे प्रकाशित































