punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्ववियु निर्वाचन : कञ्चनपुरका ८ क्याम्पसमा तालाबन्दी, गठबन्धनका विद्यार्थी निर्वाचन भाँड्ने नियतका रहेको अनेरास्ववियुको आरोप

Chaupati
safha napa

सत्ता गठबन्धन निकट विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचन भाँड्ने नियतका साथ कञ्चनपुरका अधिकांश क्याम्पसहरूमा ताला लगाएको एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आरोप लगाएको छ।

अनेरास्ववियु कञ्चनपुरले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरी सत्ता गठबन्धन निकट विद्यार्थी सङ्गठनहरू हारको मानसिकताले यस्तो अवस्थामा पुगेको जनाएको छ।

जिल्लाका ८ वटा क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालाबन्दी गरेको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए। ताला नखोले प्रतिकारमा उत्रिने उनले चेतावनी समेत दिएका थिए ।

‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार वञ्चित नगरियोस्,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘सत्ता पक्षीय गठबन्धनका विद्यार्थी सङ्घ, सङ्गठनहरू पराजयको डरले तालाबन्दीमा उत्रेका हुन्।’

त्रिभुवन विश्वविद्यालय अन्तरगत र संस्कृत विश्वविद्यालय अन्तरगतका क्याम्पसहरूमा चैत ५ मा स्ववियु चुनावको मिति तोकिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत ८ मा निर्वाचन हुँदै छ। अधिकांश क्याम्पसहरूमा तालाबन्दीका कारण निर्वाचन नै प्रभावित हुने अवस्था छ।


२९ फागुन २०७९, सोमवार १९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु