punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले प्रदेश अध्यक्ष भण्डारीले कैलालीमा भने- सरकार बाह्य शक्तिबाट चल्दै छ

Chaupati
safha napa

कैलाली । नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको आरोप लगाएका छन् ।

एमालेको ग्रास रुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको आरोप लगाए ।

उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ। अहिले अन्तैबाट कोही आउने एकै पटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरशः पालना गर्ने प्रवृत्ति देखिएको छ। उताबाट आदेश आउँछ, यता दश दलीय गठबन्धन आदेश पालना गर्छ। आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ। यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ।’

यस्तै उनले अहिलेको सरकार राष्ट्रिय समस्याबाट भागिरहेको र समस्या समाधान गर्न छाडेर आदेश पालनामा लागेको आरोप लगाए।
उनले एमालेलाई चौतर्फी घेराबन्दी गरिएको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउन खोजेको तर नेपालले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरूलाई राज्य सत्ता बुझाएको भण्डारीको आरोप थियो ।
‘अहिले एमाले र कम्युनिस्ट आन्दोलनलाई टुटफुट बनाउन खोजिएको छ,’ उनले भने, ‘यसअघि हाम्रो एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनायो। त्यसपछि १० सिटको मान्छेलाई राष्ट्रपति बनाउन खोज्यो। तर तिनै मान्छेले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरूलाई राज्य सत्ता बुझाएर उनीहरुको सरणमा गए।’


२८ फागुन २०७९, आइतवार २१:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु