punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सोमपाल क्यानडाको फ्लावर सिटी टी-२० खेल्ने

Chaupati
safha napa

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको एक घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ मा सोमपल खेल्ने पक्का भएको हो।

उक्त लिगका लागि सोमपाललाई ओटावा फाल्कोनले आवद्ध गरेको छ। सोमपाल आबद्ध टोलीमा वेस्ट इण्डिजका विकेट किपर चाडविक वाल्टन लगायतका खेलाडी आबद्ध रहेका छन्।

६ टोलीको सहभागिता रहने सो लिग आगामी जुनमा आयोजना हुने छ।

लिगमा फल्कोनसहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागीता रहने जनाइएको छ।


२७ फागुन २०७९, शनिवार १०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु