punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दामा आज सुनुवाइ हुने

Chaupati
safha napa

प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ ।

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेकाले आज सुनुवाइ हुने भएको हो ।

३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका छन् ।

प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका छन् ।

ज्ञ


२६ फागुन २०७९, शुक्रवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु