श्री एयरलाइन्सका उडानमा रोक, धनगढीका चार फ्लाइट प्रभावित
हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण क्यानले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन( एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो ।
सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।
धनगढीबाट उडान गर्ने चार फ्लाइट प्रभावित भएको छ । काठमाडौँ जान टिकट काटेकाहरू समस्यामा परेका छन् ।
२६ फागुन २०७९, शुक्रवार ०९:४२ बजे प्रकाशित































