punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकालीमा उत्तराखण्डका मुख्यमन्त्री धामीले गरे र्‍याफ्टिङ

Chaupati
safha napa

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बिहीबार महाकाली नदीमा र्‍याफ्टिङ गरेका छन्।

मुख्यमन्त्री धामीले बिहीबार टनकपुर–जौलजिवी सडकमा रहेको चरणमन्दिरदेखि टनकपुरको बुमसम्म करिब ११ किलोमिटर महाकाली ९शारदा नदी०मा र्‍याफ्टिङ गरेका हुन्।

उनले महाकाली नदी र टनकपुर क्षेत्रलाई भारत र विश्वमा प्रसिद्ध बनाउन प्रदेश सरकार निरन्तर लागिरहेको बताए। उनले साहसिक खेलको प्रवर्द्धन गरेर यस क्षेत्रलाई नयाँ पहिचान दिन चाहेको बताए।

मुख्यमन्त्रीले आगामी भदौमा महाकाली नदीमा राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता आयोजना गर्ने बताए। जसमा विभिन्न राज्यका प्रतियोगीहरु सहभागी हुनेछन्, यसका लागि ५० लाख रूपैयाँ निकासा गरिएको छ।

मुख्यमन्त्रीले नयाँ उत्तराखण्डको लागि राज्य सरकारको संकल्पमा साहसिक पर्यटनलाई प्राथमिकतामा राखेको बताए। यसलाई प्रवर्द्धन गर्न राज्यका विभिन्न स्थानमा धेरै काम भइरहेको उनको दाबी छ।

यसै क्रममा टनकपुर क्षेत्रलाई र्‍याफ्टिङसँग जोड्न विभिन्न कार्यक्रम गरिँदैछ। माँ पूर्णागिरी मन्दिरमा आउने भक्तजनले तीर्थयात्रासँगै साहसिक कार्यको पनि आनन्द लिने मुख्यमन्त्रीले बताए।

यसले स्थानीयलाई रोजगारी पनि दिने र यसले गर्दा जिल्ला र प्रदेशको आर्थिक अवस्था सुदृढ हुने मुख्यमन्त्री धामीको विश्वास छ। सो क्रममा सांसद अजय टमटा, जिल्ला अधिकारी नरेन्द्र भण्डारीलगायतको पनि उपस्थिति रहेको थियो।

 


२६ फागुन २०७९, शुक्रवार ०६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु