punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

Chaupati
safha napa

धनगढीमा अटो ९टेम्पो० दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीवार धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा अटो ९टेम्पो० दुर्घटना हुँदा उनको मृत्यु भएको हो।​

अत्तरिया(धनगढी सडकखण्डमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से१ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलालीको गौरीगंगा नगरपालिका(४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त अटो र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।​

यसैगरी कञ्चनपुरस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरिया बजारमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सु।प।प्र।०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु।प।प्र।०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–७ बस्ने २५ वर्षीय मनीष चौधरीको मृत्यु भएको हो।​

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।​

ठक्करबाट घाइते मोटरसाइकलमा सवार चालकसमेत दुई जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


२६ फागुन २०७९, शुक्रवार ०६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु