punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज रातिदेखि राष्ट्रपतिका उम्मेदवारलाई भोट माग्न नपाइने

Chaupati
safha napa

राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ। निर्वाचन आयोगले आज राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । आयोगले आज विज्ञप्ति जारी गर्दै सोही व्यवस्थाअनुसार फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार गर्न नपाइने स्पष्ट पारेको हो ।

‘फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, मौन अवधिमा कुनै पनि प्रकारको छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचारप्रसार, मत माग्न, एसएमएस गर्नलगायतका कार्य गर्न नहुने आयोगको भनाइ छ ।

आयोगले सामाजिक सञ्जालमार्फत उम्मेदवारको जीत–हारको पूर्वानुमानका सामग्रीहरु सार्वजनिक नगर्न पनि आग्रह गरेको छ ।


२२ फागुन २०७९, सोमवार १३:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु