punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै  रहेको कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका वडा नम्बर–४ मनघर दैलेख घर भएका अन्दाजी २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

साथी सँग  शनिवार कान्द्रा नदिमा माछा मार्न गएका बेला उनी बेपत्ता भएका थिए । अत्तरिया बाट आएको गोताखोर टोलीले खोजी गर्दा उनी मृत भेटिएका हुन । उनी सँग माछा मार्न गएका अन्य ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।  उनी पहलमानपुर लालबोझी सडक खण्डमा मिक्स्चर चलाउने काम गर्दै आइरहेका थिए ।


२२ फागुन २०७९, सोमवार ०७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु