punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईसीसी विश्वकप लिग-२ : आज यूएईसँग नेपाल अन्तिम खेल खेल्दै

Chaupati
safha napa

जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले यूएईको सामना गर्दैछ।

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली यूएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ।

नेपाल र यूएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औं खेल हुनेछ। आजको खेलमा यूएईविरुद्ध जित हात पारे नेपाल लिग-२ को पाँचौ स्थानमा उक्लिने छ।

सिरिजको तेस्रो खेलमा आइतबार यूएई पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो।

अंक तालिका अनुसार यूएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन्। आजको खेलमा जित हात पारे नेपाल ३२ अंकसहित पाँचौ स्थानमा उक्लिनेछ।


२२ फागुन २०७९, सोमवार ०६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु