punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री शाहले पाए विश्वासको मत

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा दुई तिहाई बहुमतको समर्थनसहित मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्।

सभामुखसहित ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना गरि मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको छ ।

मु​ख्यमन्त्री शाहलाई मत नदिने निर्णय गरेका नेकपा एमालेका १० र राप्रपाका १ गरि ११ जनाले विपक्षमा मतदान गरेका थिए ।


२१ फागुन २०७९, आइतवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु