punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केन्द्रीय अध्यक्षलाई साँच्चि राखेर नागरिक उन्मुक्तिले ग¥यो सुदूरपश्चिम सरकारमा सहभागी हुने निर्णय

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो । केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठलाई  साँच्चि राखेर उन्मुक्ति पार्टीले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।


२१ फागुन २०७९, आइतवार १४:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु