punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका पत्रकार उपाध्यायलाई राष्ट्रिय समाजसेवा पुरस्कार २०७९ प्रदान

Chaupati
safha napa

कैलाली जनपुस्तकालयले आफ्नो ६६ औं वार्षिकोत्सव समारोह तथा ४६ औं साधारण सभामाको अवसरमा कैलालीका पत्रकार दीपक उपाध्यायलाई चित्र बहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार २०७९ प्रदान गरेको छ ।

लामो समयदेखि पत्रकारितासँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उपाध्याय सम्मानित भएका हुन् । उपाध्यायले अहिलेसम्म एकसय पटक रक्तदान गरिसकेका छन्।

उपाध्यायले विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध रही सामाजिक क्षेत्रका साथै रक्तदानको विषयलाई सामाजिकरण एवम् जागरण गराउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरि सयौं व्यक्तिको जीवन रक्षा गर्न भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको जनपुस्तकालयका अध्यक्ष डाक्टर टीएन जोशीले बताए ।

उपाध्यायसँगै दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार महेश बिक्रम शाह (अछाम), पूर्ण-कृष्ण स्मृति राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार माया ठकुरी (काठमाडौ), साबित्री-कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार डा.देवेन्द्र प्रसाद भट्टलाई, उदय- दुर्गा साहित्य पुरस्कार हरिश जोशी महेन्द्रनगरलाई र हर्ष- पार्वती लोक संस्कृति पुरस्कार गोविन्द प्रसाद पाण्डेय (नेपालगञ्ज) पुरस्कृत भएका छन ।

यसैगरी कैलाली जनपुस्तकालय पुरस्कार रामलाल जोशी, तिलोत्तमा स्मृति राष्ट्रिय शैक्षिक साधना पुरस्कार प्रा.बुधराम चौधरीलाई, शिव- बीमा राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रा.सुरेन्द्र चन्द, द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार सरस्वती भट्ट (काठमाडौ), शिव-बिमा जेहन्दार छात्रवृत्ति धरणीधर भट्ट (डोटी),यज्ञराज यात्री राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार आचार्य घनश्याम लेखक (कञ्चनपुर)लाई प्रदान गरिएको छ।

त्यस्तै सूर्यप्रसाद विष्णुदेवी राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार जनक रसिक (डडेल्धुरा), भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार समाजसेवी सीताराम अवस्थी र दशरथ चन्द स्म्मृति राष्ट्रिय सम्मान शिक्षासेवी अनिता पन्तलाई प्रदान गरिएको अध्यक्ष जोशीले बताए ।

यसैगरि जयपृथ्वीबहादुर सिंह स्मृति राष्ट्रिय सम्मान हरिश ओझालाई, पहलमानसिंह स्वार समृति राष्ट्रिय सम्मान प्रा. जगन्नाथ जोशीलाई, परिमल स्नेही राष्ट्रिय लोक नृत्य सम्मान चिनाराम नेपाली (कञ्चनपुर)लाई, बद्रीनाथ राष्ट्रिय शिक्षा सेवा सम्मान भूपाल खड्कालाई र युवा प्रतिभा राष्ट्रिय सम्मान केपी कलौनी र गगन अयडीलाई प्रदान गरिएको अध्यक्ष जोशीले बताए ।


२० फागुन २०७९, शनिवार १५:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु