तस्बिरमा हेर्नुहोस् धनगढीमा जारी सूचना प्रविधि प्रदर्शनीको दोस्रो दिन
कैलालीको धनगढीमा सूचना प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक २०७९ )जारी छ ।
कम्प्युटर एसोसिएसन नेपाल कैलालीको आयोजनामा हिजोबाट धनगढी स्थित सोराइ ब्यांक्वेटमा सूचना प्रविधिको प्रदर्शनी भइरहेको छ । मेला २० गतेसम्म जारी रहने छ ।
एक कार्यक्रमका बिच हिजो प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गरेका थिए ।
सूचना प्रविधिको बारेमा जानकारी दिन, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी र साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो ।यहाँ ७० स्टल रहेका छन् ।











१७ फागुन २०७९, बुधवार १२:०९ बजे प्रकाशित































