तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
आज बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ५०० रुपैयाँले बढेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार भने सुनको मूल्यमा कुनै फेरवदल आएको थिएन। सोमबार जस्तै मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार २७० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।
१७ फागुन २०७९, बुधवार १२:५२ बजे प्रकाशित































