डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–३ मट्यौलामा सोमबार दिउसो जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो।
म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
जिपमा चालकसहित ११ जना यात्रु सवार थिए। केही यात्रु सामान्य घाइते छन्।
१५ फागुन २०७९, सोमवार १८:४३ बजे प्रकाशित































