punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका पत्रकार साउद दुई घण्टा नियन्त्रणमा, दुई जना पक्राउ

Chaupati
safha napa

कैलाली । कैलालीका पत्रकार टिकाराम साउदलाई समाचार प्रसारण गरेको भन्दै दुई घण्टा नियन्त्रणमा लिइएको छ ।

जिल्लाको बर्दगोरियामा रहेको आरएनसी टे«डिङ प्रालीका बारेमा समाचार संकलन गरेर फर्किँदा आरएनसी टे«डिङसँग सम्बन्धित व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएका हुन् । प्रसारण गरेको भिडियो समेत हटाउन दबाब दिएका उनीहरुले केही बेर पत्रकार साउदको मोबाइल पनि कब्जामा लिएका थिए ।

केही घण्टा पनि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो । पत्रकार साउँदलाई नियन्त्रणमा लिने भीम ऐर र केशव बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय सुखड ल्याइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनले आरएनसी टे«डिङमा आवश्यक कागजात समेत फेला नपरेको बताए ।

पत्रकार साउँदे आफूलाई नियन्त्रण राख्नेहरू माथि कडा कारबाहीको माग समेत गरेका छन् । आज साउद सहित पत्रकार रमेश बम लोकुसिंह ठकुरी, खेम ढुङ्गाना र तपेन्द्र ढुङ्गाना पनि समाचार सङ्कलनमा गएका थिए । उनीहरु फर्किसकेपछि साउदलाई नियन्त्रणमा लिइएको थियो ।

उक्त घटनालाई पत्रकार महासंघले पनि भर्त्सना गरेको छ । पत्रकार महासङ्घ कैलालीका सदस्य कृष्ण प्रसाद ओझाले पत्रकारलाई नियन्त्रण राख्नेहरूलाई कडा कारबाहीको माग गरेका छन् ।

समाचारमा असहमति भए कानुनी उपचारका विधि हुँदा हुँदै पत्रकारमाथि जाइलाग्नेहरू विरुद्ध महासङ्घ कडा रुपमा प्रस्तुत हुने समेत उनले जनाए ।

 


१५ फागुन २०७९, सोमवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु