punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा २ वर्षीया बालिका बलात्कारको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

Chaupati
safha napa

बझाङमा २ वर्षीया बालिका बलात्कारको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन् ।

जिल्लाको खप्तड छान्ना गाउँपालिका–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी थिइन् ।
शुक्रबार साझ ती वृद्धले बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितको उजुरीका आधारमा ती वृद्धलाई पक्राउ गरिएको पुष्टि गरे ।

अहिले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको समेत उनले बताए ।


१५ फागुन २०७९, सोमवार १९:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु