सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय, भाडा ५० प्रतिशत वृद्धि
काठमाडौं, असार २५ । सरकारले सार्वजनिक यातायातका साधान सञ्चालन गर्ने नर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेकाा अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको बताए ।
उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले बताए ।
सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । साथै यो अवधिमा क्षमता भन्दा कम यात्रु बोक्नुपर्ने भएकाले यात्रुले तिर्नपर्ने भाडा भने महंगो हुने भएको छ । मन्त्री खतिवडालले भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए ।
त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ । एकै परिवारको भए पाँच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएको छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत सोहीअनुसार हुने खतिवडाले जानकारी दिए ।
२५ असार २०७७, बिहीवार १२:१० बजे प्रकाशित































