punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवाह मण्डपबाट बेहुलासहित पाँच जना पक्राउ

Chaupati
safha napa

२५,असार तनहुँ । विवाह मण्डपबाट बेहुलासहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ब्यास ११ दमौलीमा बुधबार भइरहेको वैवाहिक कार्यक्रमबाट बेहुलासहित पाँच जनालाई बाल विवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष अर्याल बेहुला बनेर १४ वर्षीया बेहुली लिन ब्यास आइपुगेका थिए । बालविवाह भइरहेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले मण्डपबाटै बेहुलासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुबा, बालिकाका बुबा–आमा र पुरोहित छन्। प्रहरीकाअनुसार बिहीबार जिल्ला अदालतबाट म्याद थपगरि उनिहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।

नेपालको मुलुकी अपराध संहिताको दफा १७३ मा बालविवाह स्वतः रद्द हुने र यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।


२५ असार २०७७, बिहीवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु