सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुको आन्दोलन स्थगित
राष्ट्रपतिको सवारीका क्रममा वीर अस्पतालका एक चिकित्सक ट्रमा अस्पतालमा जाने क्रममा बाटोमा शुक्रबार प्रहरीले कुटपिट गरेको विरोधमा चिकित्सकहरुले आन्दोलनमा उत्रिएका थिए ।
चिकित्सकहरूले देशभरका सरकारी अस्पतालहरुमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प परेर आन्दोलनमा उत्रिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्तामा चिकित्सकहरुको माग पूरा गर्ने ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सहमति अनुसार कुटपिटमा संलग्न चिकित्सक निलम्बनमा परिसकेकोले एक हप्ताभित्र छानविन पूरा गरी दोषी लाई कारवाही गर्ने, सरकारले घाइते चिकित्सकको उपचारको व्यवस्था गर्ने, विशिष्ट व्यक्तिको सवारीमा आम नागरिक, विद्यालय, स्वास्थ्य संस्थाजस्ता सम्वेदनशील क्षेत्रलाई असर नपर्ने गरी व्यवस्था मिलाउन कार्यविधि संशोधन गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई प्रभावकारी बनाउने लगाएत सहमति भएको छ ।

२९ माघ २०७९, आइतवार १४:४१ बजे प्रकाशित































