माओवादी निकट शिक्षक सङ्गठन कैलालीको अध्यक्षमा रावल
माओवादी निकट शिक्षक सङ्गठन कैलालीको अध्यक्षमा मन बहादुर रावल सर्वसम्मत चयन भएका छन् ।
शनिबार कैलालीको सुखडमा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अधिवेशनले रावलको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा छत्र बोहरा सचिवमा जनक बटाला कोषाध्यक्षमा लीला ढुङ्गाना चयन भएका हुन ।
त्यस्तै सदस्यहरूमा शिवराज चौलागाईं ,वीरेन्द्र खडका,कालिचरण चौधरी ,खेम क्षेत्री,सङ्गीता बोहरा ,शिवराज जैसी र अरबिन्दराज पुरी रहेका छन् भने १३ वटा स्थानीय पालिकाका सङ्गठनका अध्यक्ष स्वतह पदेन सदस्य रहने गरि जम्मा २४ सदस्यीय जिल्ला कार्यसमिति बनेको हो ।
सल्लाहकार समितिको अध्यक्षमा जन्मराज रेग्मी चयन चयन भएका छन् ।
२९ माघ २०७९, आइतवार १०:५६ बजे प्रकाशित































