punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपाल कैलाली पुगे

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कैलाली पुगेका छन्।

नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल कैलाली पुगेका हुन् ।

आज नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ । बैठकमा सहभागी हुन नेपाल धनगढी आएको प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

अध्यक्ष नेपाल भोली सम्म धनगढीमा रहने छन् । आज प्रदेश कमिटीको बैठकमा सहभागी हुने र भोली प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने तालिका रहेको छ ।

बैठकमा सहभागी हुन केन्द्रीय उपाध्यक्ष प्रदेश हमाल हिजै धनगढी पुगिसकेका छन् ।

 


२९ माघ २०७९, आइतवार १०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु