punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दिएको माधव नेपालको दाबी

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिन थालिएको भन्दै अब अन्यत्र पनि सत्ताबाट हटाइने दावी गरेका छन् ।

जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताए ।

नेपालले भने–सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ । यो पहिलो शुरुआत हो । हौसला बुलन्द गर्नुस् । यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो ।

नेपालले निर्वाचनको परिणाम सोचेजति नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको बताए । तत्कालीन गठबन्धनभित्र प्रतिनिधि सभामा २५ सीट मागेकोमा २० सीट पाइएको नेपालले बताए ।राजनीतिक यथास्थितिमा छैन । सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो ।

अध्यक्ष नेपालले सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेससँग् कुरा गरेको र अरुसँग पनि कुरा भएको बताए । नेकपा एस नेपालको राजनीतिको एउटा शक्ति भएको भन्दै नेपाले देशको राजनीतिलाई प्रभावित पार्ने शक्ति आफूसँग रहेको दावी गरे ।


२८ माघ २०७९, शनिवार १७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु