punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कलाकारका फण्डा: अब स्वस्तिमा चर्चामा, पर्यो युवराजसंग जुहारी

Chaupati
safha napa

काठमाडौं । देशको राजनीतिक अवस्था र भूगोलका बारेमासमेत जानकारी नभएपछि विवादमा आइन् । सामाजिक सञ्जालमा चर्चामा रहिन् पूजा । त्यसपछि सामाज्ञी राज्यलक्ष्मी नायक भुवन केसीले दुव्र्यवहार गरेको भन्दै चर्चामा रहिन् ।

दीपाश्री निरौला राजेश हमाललाई महानायक भन्न नहुने भन्दैै चर्चामा आइन् । लकडाउनबीच कलाकारहरु केही कलाकारहरु विभिन्न फण्डा र गसिपले चर्चामा रहे ।

अहिले पछिल्लो समय नायिका स्वस्तिमा खड्का निर्माता निर्देशक युवराज लामासंगको जुहारीमा छिन् । निर्माता भुवन केसी र साम्राज्ञीका सन्दर्भमा युवराज लामाले दिएको अभिब्यक्ति प्रति स्वस्तिमाले प्रतिकृया जनाएकी छिन् ।

युवराज लामाले एउटा अन्तरवार्तामा भनेका छन्, ‘‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’ चलचित्र क्षेत्रमा रोमान्स र कन्ट्रोभर्सी भइरहने कुरा भएको उनले बताएका छन् ।

लामाको भनाईपछि स्वस्तिमाले चलचित्र क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको बयान आउनु दुःखलाग्दो कुरा भएको बताएकी छन् । उनले भनेकी छिन्, ‘जर्बजस्ती छुने, चुम्बन गर्ने, कसैको सहमती विना जबरजस्ती तान्नु आफैमा शारीरिक उत्पीडन हो ।’

स्वस्तिमाले अगाडी भनेकी छन्–‘मेरो पेशामा कुनै पनि प्रकारको उत्पीडनका लागि कुनै पनि बहाना सह्य छैन । म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उत्पीडन ।’


२४ असार २०७७, बुधवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु