punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पारसकी छोरी पूर्णिका प्रेममा, को हुन् उनका प्रेमी ?

Chaupati
safha napa

काठमाडौं, असार २४ । पूर्वयुवराज पारस शाह । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन्। तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ।

ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेकी। पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेन्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छन्।

उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविन राईको गीत ‘गुराँशको फेदमुनी सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिमाकै अकाउण्टबाट पोष्ट भएको थियो।

फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन्। उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यको गहिरो मायामा डुबेकी हुन्।

पूर्णिकाका प्रेमी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान।

पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन्, धर्म। सुशील र राजिब १३ दिने दाजुभाइ हुन्।

थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन्। सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी परेकी पूर्णिकाले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन्। जनआस्था साप्ताहिकमा खबर छ ।


२४ असार २०७७, बुधवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु