punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एलपीएल सातौँ संस्करणको उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी

Chaupati
safha napa

धनगढीस् कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० को सातौँ संस्करण सुरु भएको छ ।

शनिवार प्रतियोगिताको उद्घाटन खेलमा साबिकविजेता सत्यवती एकेडेमी विजयीभएको छ । लोटस आइइङ्लिस सेकेन्डरी स्कुलअत्तरियालाई २८ रनले पराजितगर्दै सत्यवतीले प्रतियोगितामाविजयी सुरुवात गरेको हो।

धनगढी स्थित फाप्लाक्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । १ सय २७ रनको विजयीलक्ष्य सहित मैदानउत्रिएको लोटस आइले १७।३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । लोटस आइलाई आयुबचन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रनको योगदानदिए । कसिलो बलिङ गरेका सत्यवतीकाजीत साउदले ४ ओभरमा १७ रन खर्चिए महत्त्वपूर्ण ४ विकेट लिए । अभिषेक कोइराला र प्रतिकश्रेष्ठले समान २र२ विकेट लिए ।

पहिलो पारीमा सत्यवतीकालागिगौतम केसीले अविजित ४८ र प्रतिकश्रेष्ठले २५ रन बनाए । बलिङ तथा ब्याटिङ दुवै तर्फ खराब प्रदर्शन गर्दा लोटस आई पहिलो खेलमै पराजितहुनुपरेको हो ।

लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामाफागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगितामाआइतबार अतरियाको गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा लिटल फ्लावर र कञ्चनपुरको होली फेमलीइङ्लिस मिडियम स्कुल भिड्ने छन् ।

उद्घाटन खेल अघि सुदूरपश्चिमकाप्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको एक समारोहका बिच उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर तीनकाअध्यक्ष राजबहादुर ऐरले ब्याटिङ तथाप्रदेशप्रमुख जोशीले बलिङ गरेका प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा जोशीले खेलाडी तथा खेल क्षेत्रको विकासकालागिआधार तहबाटै खेलकुदलाई प्राथमिकतामा राखिनुपर्ने बताए ।


२१ माघ २०७९, शनिवार २३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु